म को हो ?
म कपूरी क हो यथार्थीक सब्दालाय को !
म भूण हो साब्दिक परिवार को !
म थोपा हो साहित्यीक महादेश को !
मलाई दुःख संग भलाकुसारी गर्न मन पर्छ ,
मलाई मेरो मरुभूमि का यथार्थ संग घस्रिन मन पर्छ ,
मलाई सब्दीक जीवन चिन्न मन पर्छ ,
मलाई साहित्य को समुन्द्र मा पौडन मन पर्छ ,
मलाई म आफू कण हुन मन पर्छ ,
मलाई आफू शब्द को सुरुवात बन्न मन पर्छ ,
मलाई त्यो छाल सँग घुलिन मन पर्छ ,
मलाई दुःख संग दुखी हुन पाउँदा सुख लाग्छ ,
मलाई म मन पर्छ ,
के बन्छौं म जस्तै तिमि !
के गर्छौ म सँगै सुरुवात !
के हुन्छौं सागर को थोपा !
के गर्छौ म दुखी संग प्रेम !
के हुन्छौं अरु को सपना !
के हुन्छौं आफू मा लिन !
के गर्छौ नवजीवन को सुरुवात !
त्यो छाल संग ,
त्यो मरुभूमि को हावा संग ,
त्यो साब्दीक परिवार सँग ,
त्यो दु:खी मन संग ?

dami
ReplyDeleteLove it ❤️
ReplyDelete