म को हो ?



म कण हो दुखद मरुभूमि को !
म कपूरी क हो यथार्थीक सब्दालाय को !

म भूण हो साब्दिक परिवार को !

म थोपा हो साहित्यीक महादेश को !

मलाई दुःख संग भलाकुसारी गर्न मन पर्छ , 

मलाई मेरो मरुभूमि का यथार्थ संग घस्रिन मन पर्छ , 

मलाई सब्दीक जीवन  चिन्न मन पर्छ , 

मलाई साहित्य को समुन्द्र मा पौडन मन पर्छ , 

मलाई म आफू कण हुन मन पर्छ , 

मलाई आफू शब्द को सुरुवात बन्न मन पर्छ , 

मलाई त्यो  छाल सँग घुलिन मन पर्छ , 

मलाई दुःख संग दुखी हुन पाउँदा सुख लाग्छ , 

मलाई म मन पर्छ , 

के बन्छौं म जस्तै तिमि ! 

के गर्छौ म सँगै सुरुवात ! 

के हुन्छौं सागर को थोपा ! 

के गर्छौ म दुखी संग प्रेम ! 

के हुन्छौं अरु को सपना ! 

के हुन्छौं आफू मा लिन ! 

के गर्छौ नवजीवन को सुरुवात ! 

त्यो छाल संग , 

त्यो मरुभूमि को हावा संग , 

त्यो साब्दीक परिवार सँग , 

त्यो दु:खी मन संग ?

Comments

Post a Comment